Tuesday, September 22, 2009

अस्ट्रेलियामा नेपाली भाषाको माग

प्रदीप तिमल्सिना/ सिडनी,अस्ट्रेलिया
22september2009(Published on www.dainikee.com)

अस्ट्रेलियामा नेपाली भाषालाई पनि सामुदायिक भाषाको मान्यता दिनु पर्ने माग राख्दै मानव अधिकार तथा लोकतान्त्रिक मञ्च नेपाल, अस्ट्रेलियाको आयोजनामा सिड्नीको ग्र्याण्ड्वीलस्थित आरएसएल क्लबको सभा कक्षमा एक कार्यक्रमको आयोजन गरियो । नेपाली कांग्रेसका सभासद गगन थापाको प्रमुख आतिथ्य अनि मञ्चका अध्यक्ष रमेश पाण्डेको सभापतित्वामा सम्पन्न सो कार्यक्रममा अस्ट्रेलियाका लागि नेपाली राजदूत योगेन्द्र ढकाल,महावाणिज्यदूत दीपक खड्का, एनआरएन अस्ट्रेलियाका अध्यक्ष ध्रुब सुबेदी, महिला अधिकारकर्मी इन्दू गौतम, ब्यापारी, पत्रकार तथा उल्लेख्य संख्यामा नेपालीहरुको उपस्थिति थियो ।
यस्तै अस्ट्रेलियन सरकारका तर्फ़बाट सामुदायिक जनसम्पर्क अधिकारी मार्क ब्ल्याक अनि मानवअधिकारकर्मी लौरी फर्गिसनको पनि कार्यक्रममा उपस्थिति थियो ।
कार्यक्रमका प्रमुख अतिथि गगन थापाले नयाँ नेपाल बनाउने अभिभारा नेताको मात्र नभै समस्थ नेपालीहरुको पनि भएकोले विकाशको सपना देखने सम्पूर्ण प्रवासी नेपालीहरुले नेपालीहरुको दुःखमा पनि साथ दिनु पर्ने धारणा राखे ।
उनलेअस्ट्रेलियामा अरु भाषा सरह नेपाली भाषाले पनि स्थान पाएमा नयाँ नेपाली पुस्ताले नेपाल अनि नेपाली भाषालाई नबिर्सने आशा अभिब्यक्त गरेका थिए ।
मञ्चका अध्यक्ष रमेश पाण्डेले अस्ट्रेलियामा नेपाली भाषाले अरु भाषा सरह सामुदायिक भाषाका रुपमा स्थान पाएमा नयाँ आउनेहरुलाई थप अवसर अनि सहज हुनुका साथै संपूर्ण नेपालीहरुले लाभ उठाने भएकोले आआफ्नो क्षेत्रबाट सक्दो सहयोग गरि सरकारलाई घ्चघच्याउने कार्यमा सहयोग गर्न समस्त नेपाली समुदायलाई अपिल गरेका थिए ।
कार्यक्रममा अस्ट्रेलियाका लागि नेपाली राजदूत योगेन्द्र ढकाल,महावाणिज्यदूत दीपक खड्का, एन आर एन अस्ट्रेलियाका अध्यक्ष ध्रुब सुबेदी, महिला अधिकारकर्मी इन्दू गौतमले आआफ्नो धारणा राखेका थिए । प्राय: वक्ताहरुले नेपालीहरु एकजुटभै नेपाली भाषालाई सामुदायिक भाषासरह स्थान दिनु पर्ने आवाज बुलंद गरि सहयोगको लागि समेत आह्वान गरेका थिए ।
त्यसैगरि अस्ट्रेलियन सरकारका सामुदायिक जनसम्पर्क अधिकारी मार्क ब्ल्याकले नेपालीहरुको हाल अस्ट्रेलियामा बढ्दो जन घनत्वका आधारमा नेपाली भाषाले सरकारी रुपमा सामुदायिक भाषाको मान्यता पाउनु पर्ने भएकोले जनघनत्वको आंकड़ा सरकार समक्ष पेश गर्न आग्रह गरे।
मानवअधिकारकर्मी लौरी फर्गिसनले नेपाली भाषालाई सामुदायिक भाषाको मान्यता दिनु पर्ने ६० वर्ष पुरानो माग भएकाले अब एकबद्द भई निस्चित मापदण्ड अनि कानूनी प्रक्रिया पूरा गरि अस्ट्रेलियन सरकारसमक्ष आफ्नो माग पेश गर्न सुझाव दिएका थिए।

No comments:

Post a Comment