Tuesday, September 15, 2009

नयाँ नेपाली वाणिज्यदूतावास सिड़निमा


प्रदीप तिमल्सिना , सिडनी , अस्ट्रेलिया / १५ सेप्टेम्बर २००९
सिडनिस्थित प्रतिष्ठित ब्यावसायी दिपक खड्कालाई नेपाल सरकारबाट नियुक्त गरिएपछि अस्ट्रेलियाको प्रमुख सहर सिड्नीमा बिधिवत रूपमा आज देखि नेपाली वाणिज्यदूतको कार्यालयले काम सुरु गरेको छ। आज नर्थ सिड्नीको मिलर स्ट्रीट,टाउन स्क्वायरमा आयोजित एक समारोह बीच अष्ट्रेलियाका लागि नेपाली राजदुत योगेन्द्र ढकाल र अष्ट्रेलियाको विदेश मन्त्रालयका उच्च अधिकारी फिलिपा किङ द्वारा संयुक्त रुपमा वाणिज्यदूत कार्यालयको उदघाटन गरिएको थियो ।
सिडनी स्थित नेपाली समुदायका प्रतिनिधि, ब्यावासयी, पत्रकार एवं कुटनीतिक नियोगका उच्च अधिकारीहरु उत्साह जनक उपस्थिति रहेको उक्त कार्यक्रमको शुभारम्भ अष्ट्रेलिया र नेपालका राष्ट्रिय गान र धुन बजाएर गरिएको थियो भने कार्यक्रमका सिलसिलामा हालै सिड्नी आएका नेपालका लोक गायक द्वय कोमल वली र मनोहरी थापाले स्वागत गीत गाउनुका साथै सिड्नी स्थित स्थानिय नेपाली कलाकारले नृत्य प्रस्तुत गरेका थिए।
गत २० वर्षदेखि निउ साऊथ वेल्समा महावाणिज्यदूतको रुपमा निरन्तर सेवा गर्दै आएकी क्रिस्टिन् जीको कार्यकाल समाप्ति तथा नेपाली ब्यवसायी दीपक खडकाको ब्यक्तिगत प्रयासका परिणाम स्वरुप स्थापित नया नेपाली वाणिज्यदूतको कार्यालयले नेपाली तथा बिदेशी सेवाग्रहीहरुलाई उचित सेवा प्रदान गर्ने आशा सहभागीहरुले लिएका छन । कार्यालय सार्वजनिक बिदाका दिन बाहेक हप्ताको चारै दिन संञ्चलन हुने कुरा कार्यक्रममा जानकारी गरिएको थियो ।

No comments:

Post a Comment