प्रदीप तिमल्सिना
सिडनी,अस्ट्रेलिया
काठ्माण्डौको बारेमा सम्पूर्ण जानकारी सबैलाई नभए पनि कुनै स्थान हो भनेर संसारभरका प्रायः जसो मानिसहरु अनभिज्ञ नहुनु पर्दछ / त्यस माथि नेपाली, काठ्माण्डौमा जन्मे हुर्केकाहरुका निम्ति यो नाम प्रिय हुनेनै भयो/
हरेक वर्ग , पेशा एवं ब्यवसयीहरुका निम्ति सुनौलो अवसर अनि सपनाको शहर , धर्मवलम्बिहरुका लागि पवित्र तिर्थस्थल अनि पर्यटकहरुका निम्ति आकर्षणको केंद्र बिन्दू काठ्माण्डौ , गणतन्त्र नेपालको राजधानी हो भनेर सायदै कोही नेपालीलाई बताई रहनु पर्ला / बिदेशी भूमिमा पनि ''काठ्माण्डौ'' देख्दा कुन नेपालीलाई गर्व नलाग्ला ? नेपाली मात्र होइन अस्ट्रेलियन अनि अस्ट्रेलियामा बस्ने प्राय: मानिसहरु ''काठ्माण्डौ '' बाट मोहित भएका छन र त प्रिय ठानेका छन /
यहाँ उल्लेख गर्न लागिएको '' काठ्माण्डौ '' कुनै स्थान नभई एउटा लोकप्रिय ब्राण्ड्को नाम हो / न्युज़िल्यांण्ड्की प्रतिष्ठित महिला ब्यवसायी जान क्यामेरून को एकल लगानिमा एक दशक अघि स्थापित काठ्माण्डौं ग्रुप एंड कंपनी छोटै अवधिमा उपभोक्ताहरुको मन जीती प्रतिष्ठित बहुराष्ट्रीय कंपनीका रुपमा आफूलाई स्थापित गराईसकेको छ जसले पर्यटकीय यात्राका निम्ति चाहिने सामाग्रीहरु जुत्ता, चप्पल, टुम्लेट, ब्याग, लठ्ठी, घडी, टी-सर्ट,त्राउसर, ज्याकेट, जम्पर, स्लीपिंग ब्याग आदि उत्पादन अनि बिक्री गर्दछ / काठ्माण्डौको अस्ट्रेलियामा मात्र तिन दर्जन आउटलेटहरु छन भने अस्ट्रेलिया बाहिर न्युज़िल्यांण्ड् र इंग्लैंड मा दर्जनौ आउटलेट हरु छन/
बिगत केही वर्ष देखि काठ्माण्डौ ब्राण्ड्को ज्यकेट्को निरंतर उपभोग गर्दै आएकि गैर आवाशीय चिनिया पिनसुंगलाई ''काठ्माण्डौ'' को बारेमा था'छ ? भन्ने प्रश्नको जवाफमा लज्जास्पद जवाफ दिईन '' तिब्बतको कुनै ठाउँ हो क्यारे...'' पिनलाई ''काठ्माण्डौ'' को बारेमा खासै थाहा नभए पनि ब्राण्ड्ले भने मोहनी लगाएको रहेछ उनि अगाडी थप्छिन '' जाडोको लागि काठ्माण्डौ ब्राण्ड भन्दा अरू कुनै कपडा नै छैन मेरो लागि काठ्माण्डौ बेस्ट हो ''/ तेस्तै चिलिका लुईस रोमन '' काठ्माण्डौ'' नाम को उच्चरण गर्ना साथ फलाक्न लागे '' नेपालको राजधानी सुन्दर पाहाडी सहर काठ्माण्डौलाई मैले नजिक बाट भोगेको छू धेरै नै रमाइलो लाग्यो जाहा सम्म ब्रान्द्को कुरा छ जाड़ो को लूगा चाही सबै भन्दा राम्रो हो ''/ अर्की अस्ट्रेलियन नागरिक सांद्रा हेरिसनको काठ्माण्डौ अली फरक राय छ '' बजारमा पायीने अरु ब्राण्डको तुलनामा निकै सस्तो अनि भर पर्दो बिस्वस्निय नाम हो काठ्माण्डौ /''
हुनत '' काठ्माण्डौ'' ब्राण्ड्ले नेपालीहरुको जीवनमा खासै महत्व नाराखे पनि '' काठ्माण्डौ'' नामले रास्ट्रियता , अखंडता अनि आपसी सदभावलाई प्रतिबिंबित गरेको हुनु पर्दछ / एउटी बिदेशी महिलाको एकल प्रयाशले नेपाली नाम अनि पहिचान लाई विश्व सामू परिचित गराउन गरेको प्रयास सम्पूर्ण नेपाली अनि व्यवसायीहरुका निम्ति पाठ बनोस /

No comments:
Post a Comment